समानुपातिकमा एमालेलाई १३ लाख २४ हजार र कांग्रेसलाई १२ लाख ५० हजार मत « Khabarhub

समानुपातिकमा एमालेलाई १३ लाख २४ हजार र कांग्रेसलाई १२ लाख ५० हजार मत


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षका साथै समानुपातिक तर्फको मतगणना पनि जारी नै रहेको छ ।

निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै मत ल्याएको छ । आयोगको प्रणालीमा प्रविष्ट तथ्यांकका अनुसार एमालेले हालसम्म १३ लाख २४ हजार ३ सय ५५ मत ल्याएको छ ।

त्यस्तै, नेपाली कांग्रेसले समानुपातिकमा दोस्रो स्थान हासिल गरेको छ । आयोगका अनुसार कांग्रेसले समानुपातिकतर्फ १२ लाख ५० हजार ७ सय ५६ मत ल्याएको छ । त्यसैगरी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ तेस्रो भएको छ । स्वतन्त्र पार्टीले हालसम्म ६ लाख ८ हजार ४ सय ४६ समानुपातिक मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्र भने चोथौ स्थानमा खुम्चेको छ । माओवादीले हालसम्म ५ लाख ७२ हजार १ सय ४१ मत प्राप्त गरेको छ । त्यस्तै, पाचौँ भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ लाख १५ हजार २ सय २६ समानुपातिक मत प्राप्त गर्दा छैटौँ भएको जनता समाजवादी पार्टी नेपालले १ लाख ५४ हजार ३ सय ६६ मत ल्याएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : २९ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना