समानुपातिकमा एमालेलाई १३ लाख २४ हजार र कांग्रेसलाई १२ लाख ५० हजार मत « Khabarhub

समानुपातिकमा एमालेलाई १३ लाख २४ हजार र कांग्रेसलाई १२ लाख ५० हजार मत


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षका साथै समानुपातिक तर्फको मतगणना पनि जारी नै रहेको छ ।

निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै मत ल्याएको छ । आयोगको प्रणालीमा प्रविष्ट तथ्यांकका अनुसार एमालेले हालसम्म १३ लाख २४ हजार ३ सय ५५ मत ल्याएको छ ।

त्यस्तै, नेपाली कांग्रेसले समानुपातिकमा दोस्रो स्थान हासिल गरेको छ । आयोगका अनुसार कांग्रेसले समानुपातिकतर्फ १२ लाख ५० हजार ७ सय ५६ मत ल्याएको छ । त्यसैगरी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ तेस्रो भएको छ । स्वतन्त्र पार्टीले हालसम्म ६ लाख ८ हजार ४ सय ४६ समानुपातिक मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्र भने चोथौ स्थानमा खुम्चेको छ । माओवादीले हालसम्म ५ लाख ७२ हजार १ सय ४१ मत प्राप्त गरेको छ । त्यस्तै, पाचौँ भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ लाख १५ हजार २ सय २६ समानुपातिक मत प्राप्त गर्दा छैटौँ भएको जनता समाजवादी पार्टी नेपालले १ लाख ५४ हजार ३ सय ६६ मत ल्याएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : २९ बजे

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं– नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन

प्रचण्डको दाबी- स्वच्छ चुनाव भए प्रत्यक्षतर्फ नेकपा पहिलो हुन्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले