सोलुखुम्बुमा ६ प्रतिशत मत बदर « Khabarhub

सोलुखुम्बुमा ६ प्रतिशत मत बदर


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुमा यस पटक सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ४८ प्रतिशत मत खस्यो । यहाँ कूल मतदाता ८१ हजार पाँच सय दुई रहेका थिए ।

जिल्लामा खसेको ३९ हजार चार सय ३३ मतमध्ये चार हजार दुई सय ९० मत अर्थात् झण्डै छ प्रतिशत मत बदर भएको पाइएको छ । मत बदरको सङ्ख्या कम गर्नकै लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको थियो । मतदाता शिक्षाका लागि खटाइएका कर्मचारी गाउँगाउँ नपुग्दा मतदाता झुक्किएका पोङबोचे मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ङवाङ दोर्जी बाहिङले बताए ।

जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार दुई सय ६३, प्रदेशसभा (१) मा एक हजार एक सय ६६ र प्रदेशसभा (२) मा आठ सय ६१ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कतिपय मतदाताले एउटै मतपत्रमा धेरै स्वस्तिक छाप लगाएको पाइएको छ । कतिपय मतपत्र खालीसमेत भेटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।

मत बदर कम गर्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतपत्रको छुट्टाछुट्टै व्यवस्था गरिएको भए पनि मतदानसम्बन्धी चेतनाको अभाव र गठबन्धनका कारण पनि मतदाता झुक्किँदा मत बदरको सङ्ख्या बढेको बताइएको छ । ग्रामीण भेगमा मात्र नभई सदरमुकाम क्षेत्रकै मतदाता पनि मतदान गर्ने विधिबारे कम ज्ञानकार रहेको पाइएको छ ।

यद्यपि जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामनारायण शाह मतदाता शिक्षा प्रदान गर्ने जिम्मेवारी गाउँपालिकालाई दिइएको र आफूहरुले अनुगमन तथा समन्वय मात्र गरेको बताए । अनुगमनका क्रममा पनि मतदाता शिक्षा प्रभावकारी रुपमै प्रदान गरेको पाइएको निर्वाचन अधिकारी शाहले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : ४९ बजे

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी