ठमेलमा क्रिसमसको रौनक « Khabarhub

ठमेलमा क्रिसमसको रौनक


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इसाई धर्माबलम्बीहरूको पर्व ‘क्रिसमस डे’को पूर्वसन्ध्यामा पर्यटकीय गन्तव्य ठमेलमा रौनक छाएको छ।

इसाई धर्मावलम्बीले खुसीयाली, उपहार र शुभकामना साटासाट गरी मनाउने यो पर्वको पूर्वसन्ध्यामा आज साँझ काठमाडौँको ठमेलमा रौनक छाएको हो। इसाई धर्माबलम्बीले जिसस क्राइस्ट जन्मिएको दिनलाई ‘क्रिसमस डे’का रूपमा मनाउने गर्दछन्।

डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस मनाउन अघिल्लो दिन राति ‘क्रिसमस इभ’ मनाउने चलन छ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले क्रिसमसको अवसरमा ठमेल क्षेत्रमा भीडभाड बढेको बताए।

“क्रिसमस डेमा हुने भीडभाडलाई मध्यनजर गरी ठमेलभित्र छिर्ने सवारीसाधनलाई शनिबार साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्मका लागि बन्द गरेका छौँ”, उनले भने।

क्रिसमसको अवसरमा ठमेल क्षेत्रका होटल ७० प्रतिशतभन्दा बढी भरिएको उपाध्यक्ष धमलाको भनाइ छ। यस्तै आज राति सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ। ठमेलमा विदेशी तथा क्रिश्चियन धर्मावलम्बीको भीडभन्दा पनि नेपाली युवायुवतीको भीड बढी भएको धमलाले बताए।

क्रिसमस आउन सुरु हुनुभन्दा एक हप्ता पहिलेदेखि नै होटल तथा सपिङ सेन्टरमा ‘क्रिसमस ट्री’ सजाएर राखिएको छ। काठमाडौँका ठमेलबाहेक दरबारमार्ग, पुतलीसडक, झम्सिखेल, लाजिम्पाट, नक्साल, बानेश्वरआदि स्थानका होटल, सपिङ मल तथा रेस्टुराँमा क्रिसमस इभलक्षित विभिन्न कार्यक्रमसमेत आयोजना गरिएका छन्।

डिसेम्बर २५ लाई जिसस क्राइस्टको जन्मदिन मानिन्छ। यही दिन क्रिसमस मनाइन्छ। सन् ३५० देखि यो चाड मनाउन सुरु भएको पाइन्छ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ६ : १५ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको