यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाक्रम « Khabarhub

यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाक्रम


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज सन् २०२२ को डिसेम्बर २५ । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम

रोमानियाका राष्ट्रपतिलाई मृत्युदण्ड
सन् १९८९ मा रोमानियाका राष्ट्रपति निकोला सेउसेस्कु र पत्नी एलेनालाई मृत्युदण्ड दिइएको थियो । क्रान्तिपछि कम्युनिष्ट नेता सेउसेस्कुलाई  अपदस्थ गरिएको थियो ।

अफगानिस्तामाथि रुसी हमला
सन् १९७९ मा रुसद्वारा अफगानिस्तानमा आक्रमण सुरु भएको थियो ।  । ९ वर्ष लामो युद्धमा सोभियतविरोधी विद्रोही मुजाहिद्दीनले अमेरिका र अन्य पश्चिमी सहयोगीहरूबाट समर्थन प्राप्त गरेको थियो ।

जापानका १२४औँ सम्राट
सन् १९२६मा सम्राट सोवा भनेर चिनिने मिचिनोमिया हिरोहितो आफ्ना पिता सम्राट योशिहितोको मृत्युपछि जापानको १२४औँ सम्राट बने । हिरोहितो ६२ वर्षसम्म जापानका सम्राट रहे । उनी जापानको सबैभन्दा लामो समयसम्म शासन गर्ने सम्राट समेत बने ।

डिम्बग्रंथीको शल्यक्रिया
१८०९ मा अमेरिकी चिकित्सक एफ्राइम म्याकडोवेल डिम्बग्रंथीको ट्यूमर सफलतापूर्वक हटाएका थिए । रेकर्ड गरिएको पहिलो इतिहासमा उनी सो शल्यक्रिया गर्ने पहिलो व्यक्ति हुन् । उनलाई पेटको शल्यक्रियाको पिता भनेर चिनिन्छ ।

मुस्लिम तीर्थयात्रीको मृत्यु
१९७६ मा तीर्थयात्राबाट मक्का फर्किएका सयभन्दा बढी मुसलमानको डुंगा डुबेर मृत्यु भएको थियो।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : २२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको