बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेतको निधन | Khabarhub Khabarhub

बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेतको निधन


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।

भोजपुरको दिङ्गलास्थित साल्मामा जन्मेका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरे। सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका स्व बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षामन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत भएका थिए।

उनी नेपाल बार एशोसिएशनको संस्थापक सदस्य पनि भएका थिए। सत्तरी वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत आकाशयात्रामा जोडेका थिए। स्व बस्नेतका दुई छोरा र एक छोरी छन्। जेठा छोरा वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयरको प्रबन्ध निर्देशक छन्। बस्नेतले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका लागि खुलासमेत गरेका छन्।

“हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटालाई बुद्धएयरकर्मीले सधैँ अनुशरण गरी अगाडि बड्नेछौँ, हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन’, बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १० : ०६ बजे

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम

आर्थिक कूटनीतिका लागि पूर्वाधार पहिलो शर्त बन्नुपर्छ

आर्थिक कूटनीतिको करिब ३० वर्षको अनुभवमा सबै भन्दा महत्त्वपूर्ण नीति

विश्व एड्स दिवस : समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने

काठमाडौँ– सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य

सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? 

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

उत्तरकाशी सुरुङबाट निकालिएका सबै कामदार स्वस्थ

ऋषिकेश– अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ऋषिकेशमा गरिएको स्वास्थ्य परीक्षणमा