देउवा र प्रचण्डबीच वान टु वान वार्ता जारी | Khabarhub Khabarhub

देउवा र प्रचण्डबीच वान टु वान वार्ता जारी


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता चलिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र नेपाली कांग्रसका सभापतिसमेत रहेका देउवाबीच ‘वान टु वान’ वार्ता भइरहेको प्रचण्डको सचिवालयले खबरहबलाई जानकारी दिएको छ।

सरकारको पहिलो चरणको नेतृत्व कांग्रेसले लिने कि माओवादीले भन्ने विषयमा दुई नेताबीच सहमति जुट्न सकेको छैन।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसिमा आज अपराह्न ५ बजे सकिँदैछ।

यसअघि आज बिहान माओवादी केन्द्रका शीर्ष नेताहरू अध्यक्ष ‘प्रचण्ड’ निवास खुमलटारमा भेला भएका थिए।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : २८ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका