काठमाडौँमा आज यस वर्षकै चिसो दिन « Khabarhub

काठमाडौँमा आज यस वर्षकै चिसो दिन


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ। यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार काठमाडौँको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो। केही दिनयतादेखि काठमाडौँ सहित देशभरकै तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ। पुस लागेसँगै देशभर चिसो बढेको छ।

यसैगरी आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ भने जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिइन्।

नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यही प्रभावका कारण आज पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद् भट्टराईले बताइन्। उनका अनुसार आज सुदूपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बदली हुने अनुमान गरिएको छ।

काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा भने मौसम आंशिक मात्रै बदली हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार कास्की, खोटाङ र म्यादीका केही ठाउँमा पानी परेको थियो। कास्कीको माछापुच्छ्रे बेस क्याम्पमा गरिएको मापनअनुसार त्यहाँ ३ दशमलव ६ मिलिमिटर, म्यादीको घोरेपानीमा १ दशमलव ५ मिलिमिटर र खोटाङको दूधकोकोसीमा २ मिलिमिटर पानी परेको मापन गरिएको छ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १२ : ०७ बजे

त्रिवि सुधारमा मन्त्रालय र विश्वविद्यालयको छलफल : सेमेस्टर प्रणाली र ई-एटेन्डेन्समा जोड

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार र

छठ पर्व : कात्तिक २९ र ३० गते दुवै दिन सार्वजनिक बिदा

काठमाडौँ – नेपाल सरकार, गृह मन्त्रालयले छठ पर्वका अवसरमा कात्तिक

भीमफेदी भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौँ – सरकारले मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनाको

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौँलाई दियो १२६ रनको लक्ष्य

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको