अत्यधिक चिसोले अमेरिका र क्यानडामा जनजीवन प्रभावित, १८ जनाको मृत्यु, कैयौँ उडान रद्द « Khabarhub

अत्यधिक चिसोले अमेरिका र क्यानडामा जनजीवन प्रभावित, १८ जनाको मृत्यु, कैयौँ उडान रद्द


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौँ मानिसहरू चिसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन् ।

लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला शनिबार अमेरिका भित्रिने र बाहिरिने दुई हजार ३६० भन्दा बढी उडान रद्द गरिएको ट्र्याकिङ साइट फ्लाइटअवेयरले जनाएको छ ।

अमेरिकाका १२ वटा राज्यमा हिमपातबाट सिर्जित समस्याहरूसँग जुध्न सङ्कटकालीन कदमहरू चालिएको छ । चिसोका कारण कम्तीमा १८ व्यक्तिले ज्यान गुमाएका छन् ।

अमेरिकाको न्यूयोर्क राज्यको बुफेलोमा तीन, ओहायो राज्यमा पाँच, मिसौरी राज्यमा एक चालकसहित चार, भर्मोन्ट राज्यमा एकसहित अमेरिकाभरी १८ जनाको मृत्यु भएको सम्बन्धित राज्यको स्थानीय प्रशासनले पुष्टि गरेको छ ।

मोन्टाना राज्यमा अहिलेसम्मकै कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यस राज्यका करिब १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने कैयौँ उडानहरू रद्द भएका छन् ।

चिसो आगामी हप्तासम्म कायम राख्ने पूवानुमान मौसमविद्हरूले गरेका छन् । खराब मौसमले मानिसहरूको व्यवस्थित क्रिसमस योजनालाई बिथोलेको छ ।

अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लूएसले गत शुक्रवार गरेको मौसमसम्बन्धी पूर्वानुमानअनुसार यो वर्ष अमेरिकामा लामो समयसम्म अत्यधिक चिसो रहने बताएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : ३८ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी