गण्डकीमा एमाले संसदीय दलको नेतामा खगराज अधिकारी, बन्लान् त नयाँ मुख्यमन्त्री ? « Khabarhub

गण्डकीमा एमाले संसदीय दलको नेतामा खगराज अधिकारी, बन्लान् त नयाँ मुख्यमन्त्री ?


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशमा नेकपा एमालेबाट संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । आइतबार भएको सांसदको भेलाले अधिकारीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

योसँगै उनी गण्डकीको मुख्यमन्त्रीको दाबेदारसमेत बनेका छन् । यसअघि कांग्रेस गठबन्धनमा रहेको माओवादी एमालेतिर मिलेसँगै गण्डकीमा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको हो ।

गण्डकीमा एमालेको २२ र माओवादीको ८ सिट छ । २ सिट रहेको राप्रपा पनि सरकारमा जाने भएपछि गण्डकीमा ३२ सिट सहित तीन पार्टीको सरकार बन्ने भएको छ । यद्यपी माओवादीले पनि गण्डकीको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : ४६ बजे

चौथो बलमै काठमाडौंलाई धक्का, ओपनर आकाश डक आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो

एनपीएल : पोखरा टस जितेर बलिङमा

काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको

कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ

अत्तरिया– कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ

बजेट नहुँदा अस्पताल भवन निर्माणमा ढिलाइ

गोदावरी– बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा

बिहीबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको