नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रञ्जिता श्रेष्ठ « Khabarhub

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रञ्जिता श्रेष्ठ


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छिन् । उक्त दलको काठमाडौँमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, दलको प्रमुख सचेतकमा गङ्गाराम चौधरी र सचेतकमा अरुणकुमार चौधरीलाई चयन गरेको सो पार्टीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । केन्द्रीय समितिको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई चयन गरिएको छ भने प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गरिएको छ ।

त्यसैगरी, लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई चयन गरिएको छ । मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले आगामी २०८० साल वैशाख ४ गतेदेखि ६ गतेसम्म कैलालीको टीकापुरमा महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : २३ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले