बालेन भन्छन् – राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा « Khabarhub

बालेन भन्छन् – राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै शक्ति सरकारमा रहेको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि बालेनले सामाजिक संजाल ट्वीटरमा राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै शक्ति सरकारमा गएको र प्रजा भने सधैँ सास्तीमा रहेको टिप्पणी गरेका हुन् ।

बालेनले लेखेका छन्, ‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । प्रचण्डको शपथ सोमबार अपरान्ह ४ बजे हुने भएको छ ।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ३० बजे

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा