एक दिवसीय सिरिज : नेदरल्यान्ड्सविरुद्ध अफगानिस्तानको क्लिन स्विप « Khabarhub

एक दिवसीय सिरिज : नेदरल्यान्ड्सविरुद्ध अफगानिस्तानको क्लिन स्विप


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तानले नेदरल्यान्ड्सविरुद्धको एक दिवसीय सिरिज क्लिन स्विप गरेको छ। मंगलबार भएको तेस्रो तथा अन्तिम एक दिवसीय सिरिजमा ७५ रनको जित निकाल्दै सिरिजमा क्लिन स्विप गरेको हो।

दोहामा भएको खेलमा अफगानिस्तानले दिएको २ सय ५५ रनको लक्ष्य नेदरल्यान्ड्सले पूरा गर्न सकेन। नेदरल्यान्ड्स ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनायो।

नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले ८१ रन बनाए पनि जित निकाल्न सकेनन्। उसका लागि स्कट एड्वार्डले ५४ रनको अर्धशतकीय इनिङ्स खेले। अफगानिस्तानका क्विस अहमदले ३ विकेट लिँदा राशिद खानले दुई विकेट हात पारे।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो। उसका लागि नाजिबउल्लाह जाड्रनले ७१ रन, रियाज हसनले ५० रनको अर्धशतकीय इनिङ्स खेले भने रहमत साहले ४८ रन बनाए।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ५ : ३३ बजे

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप