फाइजर र बायोएनटेकले सुरु गरे ओमिक्रोनविरुद्ध विशेष खोप परीक्षण « Khabarhub

फाइजर र बायोएनटेकले सुरु गरे ओमिक्रोनविरुद्ध विशेष खोप परीक्षण


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फाइजर र बायोएनटेक कम्पनीले ओमिक्रोन–विशेष कोभिड-१९ खोपको परीक्षण सुरु गरेका छन्।

कम्पनीहरूले नयाँ खोपबाट प्राप्त सुरक्षालाई बुस्टर मात्राको रूपमा र खोप नलगाएका व्यक्तिमा तीनवटा छुट्टाछुट्टै मात्रा लगाएर परीक्षण गर्ने योजना बनाएको बीबीसीले उल्लेख गरेको छ।

१४ सय भन्दा धेरै वयस्कलाई परीक्षणमा सहभागी गराइने समाचारमा उल्लेख छ। अमेरिकी कम्पनी मोर्डना, अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले पनि कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोनविरुद्धको नयाँ खोप बनाइरहेका छन्।

खोप विकासकर्ताहरूले जहिले पनि नयाँ भेरियन्टहरू देखा पर्दा तिनीहरूको मूल कोभिड खोपहरू परिमार्जन गर्ने योजना बनाएका थिए। तर, पछिल्लो दुई महिनामा द्रूत रूपमा फैलिएको ओमिक्रोन स्ट्रेनको आगमनले त्यो प्रक्रियालाई छिटो बनाइदिएको छ।

धेरै देशहरूले अब उनीहरूको मौलिक खोपको बुष्टर वा तेस्रो डोज प्रस्ताव गरेका छन्। जसले गम्भीर रोग र मृत्युविरुद्ध राम्रो स्तरको सुरक्षा प्रदान गरेको विज्ञले बताएका छन्।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ७ : १४ बजे

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय