निर्देशक र निर्माताको विवादले रोकियो ‘बोर्डर २’ « Khabarhub

निर्देशक र निर्माताको विवादले रोकियो ‘बोर्डर २’


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड निर्देशक जेपी दत्ताले सन् १९९७ मा सनी देओल, सुनील सेट्टी र अक्षय खन्ना जस्ता स्टारलाई लिएर फिल्म ‘बोर्डर’ बनाएका थिए । यो फिल्ममा देशभक्ति र भारतीय सेनाको भावना यति सुन्दर ढंगले देखाइएको थियो कि दर्शकहरु जनवरी २६ र अगष्ट १५ मा यो फिल्म हेर्न छुटाउदैनन् ।

‘बोर्डर’ रिलिजको यति लामो अवधि पुग्दा पनि दर्शकहरु यसको सिक्वेल खोजीरहेका छन् । जेपीले भलै आधिकारिक रुपमा ‘बोर्डर २’को घोषणा नगरे पनि उनले आन्तरिक रुपमा यसको तयारी सुरु गरिसकेका छन् । उनीसँग फिल्मको कथा तयार भए पनि निर्माता भरत शाहका कारण फिल्मले अगाडि बढ्ने मेसो पाउन सकेको छैन ।

निर्माता भरत शाह आफूसँग यो फिल्मको सिरिजको सम्पूर्ण अधिकार रहेको दाबी गर्छन् । जसकारण पनि फिल्म बन्न ढिलाई भइरहेको छ । जबसम्म निर्देशक जेपी र निर्माता भरतको यो विवाह सुल्झदैन, तबसम्म फिल्मको निर्माण कार्य अगाडि बढ्न नसक्ने फिल्म निकट स्रोतको बुझाई छ । जेपीले सनी र सुनीललाई लिएर ‘बोर्डर २’ बनाउने तयारी गरे पनि विवादका कारण अगाडि बढ्न सकेको छैन । जेपी र भरतको सम्बन्ध पहिलाको जस्तो नभएका कारण पनि फिल्मको विवाद सुल्झन समय लाग्ने उनीहरुको निकटको भनाई छ ।

यता भरतले भने फिल्म ‘बोर्डर’ सुपरहिट भएपछि निर्देशक जेपीले आफूलाई नाफा शेयर नदिएको आरोप लगाउँदै आएका छन् । उनी यो मुद्धा लिएर अदालतसम्म पुगेका थिए । सोही समयदेखि बिग्रिएको उनीहरुको सम्बन्ध अहिलेसम्म सुध्रने छाँटकाट छैन ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ११ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै