जल गैंडाले आवाजकै आधारमा साथी र शत्रुलाई छुट्याउन सक्छन्ः अध्ययन « Khabarhub

जल गैंडाले आवाजकै आधारमा साथी र शत्रुलाई छुट्याउन सक्छन्ः अध्ययन


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– एउटा अध्ययनलाई विश्वास गर्ने हो भने जल गैंडाले आवाजका आधारमा आफ्ना साथी र शत्रुलाई छुट्याउन सक्छन् । जल गैंडाको बारेमा अफ्रिकाको प्राकृतिक आरक्षणमा अनुसन्धान गरेका वैज्ञानिकहरुको एउटा समूहले यस्तो निस्कर्ष निकालेको हो ।

अनुसन्धानका नेता तथा फ्रान्सस्थित युनिभर्सिटी अफ सेन्ट इट्नीका प्राध्यापक निकोलस म्याथेभोनका अनुसार उसको अनौठो आवाजकै कारण आफ्ना साथी र मित्रलाई खुट्याउन सक्छ । जंगली जल गैडा वास्तवमै होहल्ला गर्छन् ।

वैज्ञानिकहरुका अनुसार उनीहरुको एउटा फराकिलो स्वर भन्डार हुन्छ । उसको कर्कश आवाज, चिच्चावट र स्वा स्वा अन्य जनाबरको भन्दाबढी हुन्छ ।

म्याथेभोनले चितुवा, सील, हुँडारलगायतका जंगली जनाबरहरुका बारेमा अध्ययन गरेका छन् ।

‘उनीहरुले बोलाउदा साथीको पहिचानको सूचना हुन्छ । उनीहरुले आफ्नै आवाजले एक अर्कालाई चिन्छन् । यस्तो पहिचान क्षमताले उनीहरुबीचको सामाजिक सम्बन्धलाई सहयोग गर्छ,’ म्याथेभोन भन्छन् ।

सो अध्ययन करेन्ट बायोलोजीमा प्रकाशित छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १२ : ३० बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा