रशिला विश्व ब्याडमिन्टनको ७औं स्थानमा « Khabarhub

रशिला विश्व ब्याडमिन्टनको ७औं स्थानमा


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व वरीयतामा जुनियर महिला एकल तर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् ।

जुनियर महिला एकल तर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियर तर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् ।

नेपाल ब्याडमिन्टन संघले विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियर तर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको शान, मानलाई उच्च राख्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ मेहनतका साथ अगाडी बढ्न सफलता प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरेको छ ।

साथै संघले नेपाली ब्याडमिन्टन खेलाडीहरूले एक पछि अर्को उचाईलाई छुन सफल भएकोमा खुशी व्यक्त गर्दै नेपाल ब्याडमिन्टन संघमाथि खेलाडीहरूको स्तरलाई कायम राख्न र अन्य खेलाडीहरूको स्तरलाई पनि उकास्न थप दवाव परेको र त्यसमा संघ सदा अग्रसर रहने विज्ञप्तिमा जनाएको छ ।

विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेकोमा नेपालका अर्का उदियमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकल तर्फ पहिलो नम्बरमा पुग्न सफल भएका थिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १२ : ४५ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन