पर्याप्त रकम भएका अभिभावका शिशुको दिमागको विकास तीव्रः अध्ययन « Khabarhub

पर्याप्त रकम भएका अभिभावका शिशुको दिमागको विकास तीव्रः अध्ययन


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– यो सबैले अनुभव गरेको विषय हो की कुनै पनि अभिावकको आम्दानीको स्रोत पर्याप्त भएमा त्यसबाट सन्तानले पनि फाइदा लिन्छन् । पर्याप्त रकमले शिशुका हरेक आवश्यकता पुरा हुन्छ र उनीहरु केही हदसम्म खुसी हुन्छन् । तर, पछिल्लो एक अध्ययनले अभिभावकको प्रशस्त आम्दानीलाई शिशुको दिमागको विकाससँग जोडेको छ ।

‘गरिबीमा हुर्किएका बालबालिकामा विद्यालयमा उपलब्धी न्यून हुने, पैसा कम हुने र कमजोर स्वास्थ्यको जोखिम देखिन्छ,’ कोलम्बिया युनिभर्सिटीका स्नायु वैज्ञानिक किम्बर्ली नोबल भन्छन् ।

अध्ययनका लागि एक हजारभन्दा न्युन आय भएका आमाहरलाई उनीहरुको शिशु जन्मिने वित्तिकै सहभागी गराइएको थियो । न्युयोर्क सिटी, न्यु ओलिन्स, ओमाहा र सेन्ट पाउलका अभिभावकहरुलाई अध्ययनमा छनौट गरिएको थियो । चार वर्षसम्म बच्चा हुर्काउन उनीहरुमध्ये कसैलाई प्रति महिना ३३३ अमेरिकी डलर र कोहीलाई २० अमेरिकी डलर दिइएको थियो ।

अध्ययनका क्रममा न्युन आय भएका तर बढी रकम पाएका (३३३ डलर) आमाका बच्चाहरुको दिमागको आवृत्ति न्युन रकम पाएका अभिभावको सन्तानको तुनलामा बढी देखिएको थियो । उच्च दिमागको गतिविधिले बच्चाको राम्रो संज्ञानात्मक विकास हुने÷नहुने बारेमा भने थप अध्ययन आवश्यक भएको जनाइएको छ । सो अध्ययन पीएनएएसमा प्रकाशित छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  २ : १५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते