लुम्बिनीमा तीनै जना गठबन्धनका उम्मेदवार विजयी | Khabarhub Khabarhub

लुम्बिनीमा तीनै जना गठबन्धनका उम्मेदवार विजयी


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । निर्वाचनका लागि पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा थियो ।

लुम्बिनी प्रदेशका तीन सिटका लागि भएको निर्वाचनमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा विजयी भएका हुन् ।

एमालेको तर्फबाट उम्मेदवारी दिएका दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार पराजित भए । गठबन्धनका उम्मेदवारले चार हजार तीन सय ७४ मतभार प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले दुई हजार तीन सय १२ मतभार प्राप्त गरेका छन् । बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह तीन बजे सकिएको थियो ।

आगामी २० फागुनमा १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदै छ । जसमा लुम्बिनी प्रदेशबाट कोमल ओली, दीर्घनारायण पाण्डे र रामलखन चमारको चार बर्षे कार्यकाल सकिदैछ ।

लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र एक सय नौ स्थानीय तहका प्रमुख र उपप्रमुख दुई सय १५ जना गरी दुई सय ९६ मतदाता थिए ।

प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ निर्धारण गरिएको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ४ : ५१ बजे

उत्तरी सिरियामा टर्कीका दुई पत्रकारको हत्या

इस्तानबुल– टर्कीको कुर्द बहुल दक्षिणपूर्वी क्षेत्रका दुई पत्रकारको उत्तरी सिरियामा

लक्ष्मी ग्रुपको ५१औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं– लक्ष्मी ग्रुपले आफ्नो ५१ औं वार्षिकोत्सव मनाएको छ ।

शेखरले भने- सभापति देउवा दाइसमान, हामीबीच तिक्तता छैन

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा

पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक : मन्त्री दाहाल

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दिगो पूर्वाधार विकासका

दिल्लीमा आरजुले भनिन्‌- ‘पोखरा र भैरहवा विमानस्थललाई हवाई रुट चाहियो’

नयाँदिल्ली- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई