प्रदेश १ मा गोलाप्रथाबाट गठबन्धनका बस्नेत विजयी « Khabarhub

प्रदेश १ मा गोलाप्रथाबाट गठबन्धनका बस्नेत विजयी


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश १ मा खुल्लातर्फको राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । महिलातर्फ पनि सत्तारुढ गठबन्धनकै नेतृले जित दर्ता गरिन भने अल्पसंख्यक र अपांगतर्फ एमालेले जितेको छ ।

खुलातर्फ सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई निर्वाचित भएका छन् । यस्तै अल्पसंख्यक तथा अपांगतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

खुलातर्फ बस्नेत र एमालेका गुरु बरालको बराबर मत आएपछि गोलाप्रथाबाट छिनोफानो गरिएको थियो । बस्नेत र बरालको समान ४ हजार ४८८ र राप्रपाका अमर बिष्टले १८८ मतभार प्राप्त गरेका हुन् । जसमध्ये ४ वटा मत बदर भएको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश भरत लम्सालले बताए ।

यस्तै एमालेका शेर्पा ४ हजार ७३४ मतभार ल्याएर विजयी भएका हुन् । सत्तारुढ गठबन्धनका जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईले ४ हजार ३६८ मतभार प्राप्त गरेको र ४ वटा मत बदर भएको लम्सालले बताए ।

महिलातर्फ सत्तारुढ गठबन्धनबाट उम्मेदवार भएकी नेकपा (एकीकृत समाजवादी) की राई ४ हजार ६९२ मतभार ल्याएर विजयी भएकी हुन् ।

बुधबार बिहान ९ बजे सुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । त्यसपछि लगत्तै मतगणना सुरू गरिएको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ७ : ५० बजे

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग