तोडफोडमा संलग्नलाई कारबाही गर्न मधेश सरकारको निर्देशन « Khabarhub

तोडफोडमा संलग्नलाई कारबाही गर्न मधेश सरकारको निर्देशन


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– किसान आन्दोलनका नाममा तोडफोडमा संलग्नलाई कारबाही गर्न मधेश प्रदेश सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ ।

मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार विज्ञप्ति जारी गर्दै जनमत पार्टीका कार्यकर्ताहरूका हिंसाजन्य गतिविधिप्रति आपत्ति जनाउँदै कारबाहीका लागि निर्देशन दिएका हुन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका जनप्रतिनिधिहरूको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताहरूले तोडफोड गरेका थिए । उनीहरूको आक्रमणबाट प्रदेश सांसद् अशोक यादव, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँ, उपमेयर रेणुका पौडेल, जलेश्वर अस्पतालका मेसु डा. सतिश साहलगायत घाइते भएका छन् ।

उनीहरूमाथि गरिएको साङ्घातिक आक्रमण एवम् सवारी साधनमा गरिएको तोडफोडको घटनाको वास्तविकता छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन र दोषीमाथि कारबाही गर्नसमेत सम्बन्धित निकायलाई प्रदेश सरकारले निर्देशन दिएको छ ।

बुधबार सरकारीसहित आठ सवारी साधनमा तोडफोड गरिएको थियो । घटनामा पाँच जनप्रतिनिधि घाइते भएका छन् ।

यसैबीच, तोडफोडमा संलग्न जनमत पार्टीका सात जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइसकेको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १० : २७ बजे

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको