छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा « Khabarhub

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र सुशासनका लागि सरकारले सक्दो काम गरेको बताएका छन् ।

सिंहदरबारस्थित कानुन मन्त्रालयमा आज आयोजित  कार्यक्रममा उनले निर्वाचन समयमै गर्नुपर्ने मूल जिम्मेवारी पूरा गरेको र सुशासनका निम्ति गर्न सक्ने सक्दो काम गरेको दाबी गरे। 

‘कुनै पनि काम नरोकौँ भन्ने तरिकाले काम गरियो, प्रणाली बनाउने कर्मचारीतन्त्रले हो, कर्मचारीतन्त्रलाई विभिन्न आरोप पनि लाग्ने गरेको छ,’ उनले भने, ‘त्यो भ्रम चिर्न जरुरी छ, काम गर्ने भनेको कर्मचारीतन्त्रले नै हो ।’

मन्त्री सिन्हाले गत भदौ २४ को अप्रत्याशित देशका संरचनामा भएको क्षति र नागरिकमा सुरक्षाको प्रत्याभूतिमा गर्नुपर्ने जरुरी भएको जनाउँदै सरकारी कोषलाई जोगाएर काम गर्नुपर्नेमा चुनौती रहेको स्मरण गरे।

‘भदौ २४ देखि २७ गतेसम्म सरकारको उपस्थिति शून्य भयो, हतियार लुटेको प्रहरी, जलेका जुत्ता, कपडा लगाएर उनीहरुबाटै सुरक्षा लिनुपर्ने अवस्था थियो,’ मन्त्री सिन्हाले भने, ‘छ महिनामा जे गरियो, त्यो राम्रो गरियो, केही गर्न बाँकी छ, आउने सरकारले गर्छ ।’

कानुनमन्त्री सिन्हाले कानुन मन्त्रालयका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएर काम गरे। आजदेखि उनले औपचारिक रुपमा बिदाइ भएका छन् ।
 

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ४ : २४ बजे

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन