हातको शल्यक्रिया गराएको केही घण्टामै बिरामीको मृत्यु « Khabarhub

हातको शल्यक्रिया गराएको केही घण्टामै बिरामीको मृत्यु


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधामस्थित राजजानकी होस्पिटलको लापरबाहीले एक महिलाको मृत्यु भएको आरोप लागेको छ ।

हात भाँचिएर उपचारका लागि आएकी सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ पिपरा बस्ने ५० वर्षीया चन्द्रकला कामतको मृत्यु भएको हो । उनको अस्पतालको लापरबाहीले मृत्यु भएको मृतकका छोरा रामसकल कामतले आरोप लगाएका छन् । चन्द्रकलाको हातको शल्यक्रियापश्चात् मृत्यु भएको थियो ।

गत माघ ८ गते भैंसीले पछार्दा हात भाँचेको उनलाई थप उपचारका लागि जनकपुरधामस्थित रामजानकी होस्पिटलमा ल्याइएको थियो । मंगलबार अस्पताल पुगेकी चन्द्रकलाको डा. संजय साहले बुधबार शल्यक्रिया गरेका थिए । अपरेशनपछि कामतलाई वार्डमा सारिएको थियो । तर, शल्यक्रिया भएको करिब तीन घण्टापछि आमाको मृत्यु भएको मृतकका छोरा रामसकलले बताए ।

यता, अस्पताल प्रशासनले मुटुको चाल कम हुँदा चन्द्रकलाको मृत्युको भएको दाबी गरेको छ । बिरामीको मृत्युको कारण शल्यक्रिया नरहेको अस्पतालका प्रशासन प्रमुख विकासचन्द्र गुप्ताले जिकिर गरेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ११ : ४८ बजे

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ