अन्तर्राष्ट्रिय जगतमा एकथरी समाजले जलवायु परिवर्तनको विषयलाई मानिरहेको अवस्था छैन । पुँजीवादी सोच र राजनीतिक अभिष्टका कारण त्यतातिर उन्मुख छ भने अर्को पाटो जलवायु परिवर्तन सम्बन्धी अज्ञानताका कारण यस विषयलाई स्वीकार गरेको अवस्था छैन ।
नेपालकै घटना परिघटनालाई जोडेर दैनिक जिवनयापनसँग सम्बन्धित उदाहरणहरु छन् । जसले जलवायु परिवर्तन त्यसका केही उदाहरण पनि छन् ।
जलवायु परिवर्तनले निम्त्याएका तीन अत्यासलाग्दा घटना
पहिलो उदाहरण : एक दशक अगाडिको डा. जगदिश बरालको प्रतिवेदनमा सिन्धुलीको खोकसिलामा पानीको अभावले खेतीपाती बन्द भएको उल्लेख गरिएको छ ।
दोस्रो उदाहरण : सिन्धुलीकै चर्चरे डाँडामा पानीको अभावका कारण तीन सय घर परिवारले बस्ती छाडेर जाँदैछन् भनेर समाचार छापिएको थियो ।
तेस्रो उदाहरण : आज भन्दा १०/५ वर्ष अगाडि मुस्ताङको धे भन्ने नदिको नजिकै लगभग पचास घरपरिवार थियो । तर पानीको अभावका कारण बस्ती बसाईसराई हुन थाले । त्यो क्रमले बस्ती घट्दा घट्दै अहिले ११ घर परिवार मात्र बाँकी छन् ।
यस्ता धेरै उदाहरणहरु छन् । यसरी घर सरेर बस्ती परिवर्तन गर्दै जानु भनेको त्यस ठाँउको सभ्यताको अवसान हुनु हो । मानव सभ्यताको इतिहासलाई पल्टाएर हेर्ने हो भने उदाहरणको लागी पाकिस्तानको माउण्ट जेदारो, नालन्दा, माया सभ्यता जस्ता मानव सभ्यताहरु जलवायु परिवर्तनका कारण लोप भएर सभ्यता विलाएको देखिन्छ ।
जलवायु परिवर्तन भनेको केहि समयका लागी खाना, पानी नपाउनु, केही समयका लागी कृृषि गर्न नपाउनु, केही विरुवाहरु मरेर जानु मात्र नभई मानव सभ्यता विलिन हुनेसगँ सम्बन्धित छ ।
अर्को उदाहरण वन डढेलो पनि हो । सन् २०२० को नोभेम्बरमा नेपालमा दुई हजार सात सय भन्दा बढी अर्थात करिब साठी बढि जिल्लाहरुमा डढेलो लागेको थियो । यति धेरै संख्यामा विगतका बर्षाहरुमा डढेलो लागेको थिएन । यसको मुख्य कारण पनि जलवायु परिवर्तनसँग जोडिएको छ । वैज्ञानिकहरु यसको विस्तृत अध्ययन गरिराखेका छन् ।
तर नेपालमा दुर्भाग्यवस यसको अध्ययनको सुरुवात भएकोे छैन । अर्को उदाहरणको रुपमा छोरोल्पा ताललाई लिन पनि सकिन्छ । साठी बर्ष अगाडि छोरोल्पाको क्षेत्रफल जम्मा १ दशमलव ६५ वर्ग किलोमिटर थियो ।
पछि यसको क्षेत्रफल बढेर सन् १९९७ मा झण्डै ३/४ वर्ग किलोमिटरको बन्यो । हिमतालको पानी पग्लेर जति बेला पनि फुट्न सक्छ र यसको पानी सुनकोशी, तामाकोशीमा आएर बाढी ल्याई कोशी छेउमा भएको बस्तीहरु सखाप पार्ने अवस्था थियो ।
यसैगरी सुनकोशीमा आएको बाढीले सुनकोशी जलविद्युत आयोजना ध्वस्त पारेको थियो । जसको अवशेष अझै पाउन सकिन्छ । नेपालमा यस्ता हिमतालहरु दुई हजार भन्दा धेरै छन् । केही हिमतालहरु जतिबेला पनि फुट्न सक्ने अवस्थामा छन् ।
यी सबैको मुख्य कारण नै जलवायु परिवर्तन हो । किनकी पृथ्वीको तापक्रममा भएको वृद्धिले गर्दा हिउँ पग्लन थालेको छ । पछिल्लो घट्नालाई सम्झिदा सगरमाथा जाने मुख्य बाटो ईम्जालाई लिन सकिन्छ ।
डेंगी भन्ने रोग हामीले कहिल्यै पनि सुनेका थिएनौँ । यो अफ्रिकामा पाइने खतरानाक रोग हो । नेपालमा सर्वप्रथम यो रोग सन् २००६ मा पत्ता लागेको हो । सन् २०१९ मा डेंगी रोगबाट संक्रमितको संख्या १७ हजार ९ सय ९२ पुग्यो । डेंगी लामखुट्टेको कारणले लाग्ने रोग हो र लामखुट्टे गर्मी ठाँउमा पाइन्छ ।
हाम्रा ठाँउहरु पनि लामखुट्टेका लागी अनुकुल हुन थाल्यो र लामखुट्टेको संख्या पहाडी क्षेत्रमा समेत बढ्न थाल्यो । सन् २००६ देखी २०११ सम्म दरा भन्ने ठाँउमा आन्दोलन भयो । जसका कारण ६० प्रतिशत खेतीयोग्य जमिन सुख्खाग्रस्त भएको थियो । जसले गर्दा पन्ध्र्र लाख आन्तरिक रुपले मानिसहरु त्यहाँबाट बसाईसराई हुन पुग्यो ।
जलवायु परिवर्तनको कारक हरितगृह ग्याँस के हो ?
‘हरितगृह ग्याँस’ ग्यास मात्र नभई यसमा अन्य वस्तुहरु पनि रहेको हुन्छ । हरितगृह ग्याँसभित्र जलवाष्प, कार्बनडाइक्साइड, मिथेन, ओजोन, नाइट्रोअक्साइड, क्लोरोफ्लोरो कार्वन पर्दछन । पानीले जलवाष्पको रुपमा रहेर हरितगृह ग्याँसको असरहरु निकाल्छ र पानी बनिसकेपछि यसको असर केही दिन सम्म मात्र रहन्छ । यसकारण जलवाष्प हरितगृह ग्याँस भएपनि यसलाई हरितगृह ग्याँसको रुपमा हामीले लिदैनौ ।
त्यसैगरी कार्बनडाअक्साइडलाई हरितगृह ग्याँसको रुपमा लिइन्छ र यसको आयु लामो हुन्छ । कार्बनडाअक्साइड वायुमण्डलमा तीन सयदेखी एक हजार वर्षसम्म रहिरहन सक्छ । यसले गर्दा हामीले उत्पादन गरेका कार्वनडाअक्साइडहरु वायुमण्डलमा थपिदै जान्छ । हरितगृह ग्याँसको रुपमा मिथेनलाई पनि लिने गरिन्छ । जसलाई गोबर ग्याँस पनि भनिन्छ । यसको आयु १२ वर्षसम्मको हुन्छ ।
त्यसैगरी ओजोनको आयु २२ दिनको हुन्छ । त्यस्तै नाइट्रोअक्साइड र क्लोरोफ्लोरो कार्वनको आयु पनि लामो नै हुन्छ । तर यी ग्याँसहरु वायुमण्डलमा कार्बनडाइअक्साइडको तुलनामा नगन्य रुपमा रहेको छ । संसारमा सम्पूर्ण जिवित प्राणीहरुले श्वासप्रश्वास क्रियाको क्रममा कार्वनडाइअक्साइड निस्कने गर्दछ ।
हाम्रो दैनिक जीवनमा हरेक क्रियाकलाप गर्न उर्जा चाहिन्छ । उर्जाका लागी कोइला, पेट्रोलियम पदार्थ चाहिन्छ र यी पदार्थहरु प्रयोगमा ल्याउँदा बाल्ने क्रममा कार्वनडाइअक्साइड निस्कने गर्दछ । यी पदार्थहरु नै कार्वनडाईक्साइडका स्रोतहरु हुन् ।
झण्डै २६० बर्ष अघि आइल्याण्डका ‘जोन टिन्डल’ भन्ने भौतिक वैज्ञानिकले कार्बनडाअक्साइडलाई जम्मा गरेर कुनै एक भाँडोमा राखीदियो भने त्यस भाँडो भित्रको वायुलाई तताउँछ भनेर पत्ता लगउनु भएको थियो । आजभन्दा साँढे दुई/तीन सय वर्ष अगाडि यूरोपका राष्ट्रहरुले अरु राष्ट्रहरुमा उपनिवेश बनाउथ्यो । जुन जुन देश उपनिवेश बन्थे त्यस देशबाट विरुवाहरु ल्याइन्थ्यो ।
मरुभूमिमा हुर्कने विरुवालाई चिसो ठाँउमा ल्याई ‘ग्रीन हाउस’ बनाएर हुर्काउने गरिन्थ्यो । सूर्यको प्रकाशभित्र छिर्ने र बाहिर नजाने गरि भित्रको हावालाई तातो बनाई राखेर हरियो विरुवालाई बचाइ राख्न सिसाको ‘ग्रीन हाउस’ बनाएको थियो । ग्रीन हाउसभित्र भएको कार्वनडाइअक्साइडलाई विरुवाले खपत गरी विरुवा हुर्किन्थ्यो ।
नीति निर्मार्ता र नागरिकको जिम्मेवारी
हाम्रो जस्तो निमुखा देशमा आम्दानीको स्रोत बढाउनका निम्ती जगंलहरु मासिने काम भयो । जसले गर्दा वायुमण्डलमा कार्वनडाईअक्साइडको मात्रा वृद्धि भयो । नेपालमा जति मानिसको जनसंख्या छ । त्यत्तिकै मात्रामा पशु जनावर पनि छन् । जनावरले पनि कार्वनडाअक्साइड ग्याँस निकाल्ने गर्छ । यसकारण नेपालमा पनि कार्वनडाअक्साइड ग्याँसको वृद्धिमा केही मात्रमा भएपनि हाम्रो भूमिका रहेको हुँदा यस प्रति हाम्रो पनि जिम्मेवारी देखिन्छ ।
पछिल्लो समयमा वि.स. २०१५ मा भएको पेरिस सम्झौताले जलवायु परिवर्तनमा सबै राष्ट्र जिम्मेवार छन् भनि बोध गराएको छ । हामीले अनुकुलन र न्यूनिकरण भन्दा धेरै प्राथमिकता शिक्षालाई दिनुपर्दछ । नेपालमा स्थानीय अनुकुलन योजना प्रक्रिया र राष्ट्रिय अनुकुलनका योजना तथा कार्यक्रममा पर्यटन, कृषि, वन, संस्कृति, धरोहर, स्वास्थ्यजस्ता यावत विषयहरु छन् । तर शिक्षालाई छुट्याएको छ ।
एउटा राष्ट्र सञ्चालनका लागी नीति र नियमको आवश्यकता पर्दछ । नीतिले राष्ट्र सञ्चालन गर्ने हुँदा नीति निर्माता यसबारे सजग, जिम्मेवार र गम्भीर हुनुपर्छ । नीति निर्माण तहमा बसेर कानुन बनाउदैमा जलवायु परिवर्तनको असर र समस्या रोक्न सकिदैँन । त्यसैले जलवायु परिवर्तनलाई न्युनिकरण गर्न नीति निर्मार्ता र नागरिकसमेत जिम्मेवार हुन आवश्यक छ । भुजु नास्टका वरिष्ठ वैज्ञानिक हुन् ।
(रेडियो क्यान्डिडको कार्यक्रम धर्ती आकाशमा कञ्चन दिक्षितसँगको कुराकानीमा आधारित)
प्रस्तुती : पासाङ लामा ह्योल्मो
प्रतिक्रिया