लोमान्थाङ गाउँपालिकामा विद्युतीय चुल्हो वितरण « Khabarhub

लोमान्थाङ गाउँपालिकामा विद्युतीय चुल्हो वितरण


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जोमसोम– लोमान्थाङ गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने परिवारलाई विद्युतीय ‘इन्डक्सन’ चुल्हो वितरण अभियान सुरु भएको छ । गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारणको पहुँच पुगेसँगै यहाँका विद्युतीय चुल्हो वितरण अभियान सुरु भएको हो ।  

पहिलो चरणमा आर्थिक अवस्था कमजोर भएका, अपाङ्गता र ज्येष्ठ नागरिकलाई लक्षित गरी २१० जनालाई चुल्हो उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष टसीन्हर्वु गुरुङले जानकारी दिए । 

स्थानीयले परम्परागत रूपमा प्रयोग गर्दै आइरहेका दाउरा र पछिल्ला वर्षमा प्रयोग हुँदै आएका ग्यास सिलिन्डर मुक्त बनाउने अभियानअन्तर्गत इन्डक्सन चुल्हो वितरण गरिएको उनले बताए ।  

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार गत आवमा २१० परिवारमा चुल्हो वितरण गरिएकामा चालु आव २०८२/८३ को साउनभित्रै थप २६० जनालाई वितरण गर्ने योजना छ । 

उनले भने, ‘इन्डक्सन चुल्होसँगै प्रयोग गर्ने विधिबारे पनि जानकारी गराएका छौँ, यहाँ दाउराको प्रयोग हुने घरमा अब इन्डक्सन चुल्होमा खान पाक्न सुरु भएको छ । यो अभियान जारी रहने छ ।’ 

लोमान्थाङ गाउँपालिकाभित्र ग्यास सिलिन्डरसँगै नियमित रूपमा दाउराको प्रयोग गरी खाना पकाउने गरिन्छ । स्थानीय पेम्बा गुरुङका अनुसार गाउँपालिकाले निःशुल्क इन्डक्सन चुल्हो वितरण गरेपछि ग्यास खरिद गरी ल्याउनुपर्ने र दाउरा खोज्न जानुपर्ने झन्झटबाट सबै मुक्त भएका छन् । 

गाउँपालिका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले राम्रोसँग उपयोग गर्न सके करिब ५ वर्षसम्म चुल्हो टिकाउ हुने र कुनै समस्या आए मर्मतका लागि पनि पहल गरिने बताइन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल अधिकारीले गाउँपालिकालाई धुवाँरहित पालिका बनाउन यस अभियानमा सहयोग पुग्ने बताइन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ६ : ४० बजे

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गलकोट (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा