गर्भाधान नभएको भए थाइराइड हुनसक्छ « Khabarhub

गर्भाधान नभएको भए थाइराइड हुनसक्छ


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्ला केही वर्षयता धेरै महिलामा थाइराइडका कारण गर्भ नबस्ने समस्या देखिन्छ । त्यसैले अहिले गर्भाधान पूर्व थाइराइड छ छैन त्यसलाई बुझेर पहिले उपचार गर्न आवश्यक छ ।

थाइराइड महत्त्वपूर्ण फर्टिलिटी ग्रन्थी हो र यस ग्रन्थिमा हुने गडबडका कारण सन्तान जन्माउने क्षमतामा ह्रास आउँछ । थाइराइड ग्रन्थीले राम्रोसँग काम नगर्दा शरीरमा हर्मोनको असन्तुलन हुन थाल्छ ।

थाइराइड ग्रन्थीले प्रत्येक कोशिकाका मेटाबोलिक लेभल, शरीरमा हर्मोनको स्तर र तौलको सन्तुलन कायम गर्छ । तनाव, पोषणको कमी, रोग प्रतिरोधी बिकार र शरीरमा हुने एस्ट्रोजन र प्रोल्याक्टिन जस्ता पदार्थको मात्रा धेरै भएको खण्डमा त्यसको असर थाइरोइड ग्रन्थीलाई पर्न जान्छ ।

यस्तो अवस्थामा थाइराइड ग्रन्थीले कम काम गर्न थाल्छ र यस्तो अवस्थामा गर्भवती हुने सम्भावना न्यून हुन्छ । साथै यसले महिनावारी अनियमित गराउनुका साथै धेरै रक्तस्राव हुन सक्छ । यसको असर ओभुलेसनमा पर्न जान्छ र अनियमित महिनावारीका कारण गर्भाधान हुने समस्या हुनसक्छ ।

यदि थाइराइडको उपचार समयमा नगराएमा गर्भाधानको समयमा गम्भीर समस्या आउन सक्छ । यसले एनिमिया हुने, गर्भपतन हुने, प्रिक्ल्याप्सिया र प्लेसेन्टा एब्रप्शन जस्ता समस्या निम्त्याउन पनि सक्छ ।

थाइराइड भएको समयमा ओभुलेसन नहुने समस्या हुन सक्छ । ओभुलेसन नभए गर्भाधानका लागि चाहिने अण्डा बन्न सक्दैन । साथै थाइराइडका कारण दिनभरमा शरीरको तापक्रम सबैभन्दा कम तापक्रममा गिरावट आउने र भ्रूण विकसित नहुने कारण गर्भपतन हुनसक्छ। त्यसैले पनि गर्भाधान गर्नुअघि अनिवार्य थाइराइड परीक्षण गराउन आवश्यक छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : १८ बजे

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न