गर्भाधान नभएको भए थाइराइड हुनसक्छ « Khabarhub

गर्भाधान नभएको भए थाइराइड हुनसक्छ


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्ला केही वर्षयता धेरै महिलामा थाइराइडका कारण गर्भ नबस्ने समस्या देखिन्छ । त्यसैले अहिले गर्भाधान पूर्व थाइराइड छ छैन त्यसलाई बुझेर पहिले उपचार गर्न आवश्यक छ ।

थाइराइड महत्त्वपूर्ण फर्टिलिटी ग्रन्थी हो र यस ग्रन्थिमा हुने गडबडका कारण सन्तान जन्माउने क्षमतामा ह्रास आउँछ । थाइराइड ग्रन्थीले राम्रोसँग काम नगर्दा शरीरमा हर्मोनको असन्तुलन हुन थाल्छ ।

थाइराइड ग्रन्थीले प्रत्येक कोशिकाका मेटाबोलिक लेभल, शरीरमा हर्मोनको स्तर र तौलको सन्तुलन कायम गर्छ । तनाव, पोषणको कमी, रोग प्रतिरोधी बिकार र शरीरमा हुने एस्ट्रोजन र प्रोल्याक्टिन जस्ता पदार्थको मात्रा धेरै भएको खण्डमा त्यसको असर थाइरोइड ग्रन्थीलाई पर्न जान्छ ।

यस्तो अवस्थामा थाइराइड ग्रन्थीले कम काम गर्न थाल्छ र यस्तो अवस्थामा गर्भवती हुने सम्भावना न्यून हुन्छ । साथै यसले महिनावारी अनियमित गराउनुका साथै धेरै रक्तस्राव हुन सक्छ । यसको असर ओभुलेसनमा पर्न जान्छ र अनियमित महिनावारीका कारण गर्भाधान हुने समस्या हुनसक्छ ।

यदि थाइराइडको उपचार समयमा नगराएमा गर्भाधानको समयमा गम्भीर समस्या आउन सक्छ । यसले एनिमिया हुने, गर्भपतन हुने, प्रिक्ल्याप्सिया र प्लेसेन्टा एब्रप्शन जस्ता समस्या निम्त्याउन पनि सक्छ ।

थाइराइड भएको समयमा ओभुलेसन नहुने समस्या हुन सक्छ । ओभुलेसन नभए गर्भाधानका लागि चाहिने अण्डा बन्न सक्दैन । साथै थाइराइडका कारण दिनभरमा शरीरको तापक्रम सबैभन्दा कम तापक्रममा गिरावट आउने र भ्रूण विकसित नहुने कारण गर्भपतन हुनसक्छ। त्यसैले पनि गर्भाधान गर्नुअघि अनिवार्य थाइराइड परीक्षण गराउन आवश्यक छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : १८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल