फाइल फोटो

समाचार

विश्वभर थप २० लाख ९९ हजार जना कोरोनामुक्त

By खबरहब

February 26, 2022

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २० लाख ९९ हजार कोरोनामुक्त भएका छन् ।

यही अवधिमा निको हुने भन्दा थपिने संक्रमितको संख्या ४ लाखले कम छ । १६ लाख २ हजार जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार २५० जना संक्रमितको मृत्यु भएको छ ।

थपिनेमा जर्मनीमा एक लाख ९३ हजार, रुसमा एक लाख २३ हजार, ब्राजिलमा ९० हजार, टर्कीमा ७१ हजार, अमेरिकामा ६९ हजार, फ्रान्समा ५८ हजार जना छन् ।

निको हुनेमा फ्रान्समा २ लाख १४ हजार, जर्मनीमा एक लाख ९३ हजार, अमेरिकामा एक लाख ७७ हजार, रुसमा एक लाख ६७ हजार, स्पेनमा एक लाख एक हजार जना छन् ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ७६०, रुसमा ७८७, ब्राजिलमा ७८१, स्पेनमा २४८, टर्कीमा २६६, जर्मनीमा २३५ र फ्रान्समा १८८ जना छन्।