नर्विच सिटीमाथि साउथह्याम्पटनको सहज जित « Khabarhub

नर्विच सिटीमाथि साउथह्याम्पटनको सहज जित


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले नर्विच सिटीमाथि सहज जित निकालेको छ।

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई २-० गोल अन्तरले हराएको हो ।

साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र ओरिओल रोमेउले एक एक गोल गरे । खेलको ३६ औँ मिनेटमा एडम्सको गोलबाट अग्रता लिएको साउथ ह्याम्प्टनका लागि ८८औँ मिनेटमा रोमेउले दोस्रो गोल गरे।

जितसँगै साउथ ह्याम्प्टन २६ खेलबाट ३५ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ। पराजित नर्विच भने अन्तिम स्थानमा छ।

लिगमा शनिवार राति ६ वटा खेल हुँदैछन्। म्यानचेस्टर सिटी २६ खेलबाट ६३ अंक जोडेर पहिलो स्थानमा तथा लिभरपुल समान खेलबाट ६० अंक जोडेर दोस्रो स्थानमा छन्।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : ५९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर