ए डिभिजन लिगको आज अन्तिम दिन : तीन खेल हुँदै « Khabarhub

ए डिभिजन लिगको आज अन्तिम दिन : तीन खेल हुँदै


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को अन्तिम दिन आज विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मैदान उत्रदा मनाङ मर्स्याङदी क्लब दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

लिगको अन्तिम दिन शनिबार तीन खेलहरु हुँदैछन् । दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सात पटकको च्याम्पियन मनाङले आर्मीको सामना गर्दैछ । सोही समयमा सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने अर्को खेलमा न्युरोड टिम (एनआरटी) नेपाल पुलिस क्लबविरुद्ध प्रतिस्पर्धामा उत्रनेछ ।

दिनको तेस्रो खेलमा ४ : ४५ बजे एपिएफ फुटबल क्लबले लिग च्याम्पियन मछिन्द्र फुटलब क्लबलाई चुनौती प्रस्तुत गर्दैछ । लिगको साविक विजेतासमेत रहेको मछिन्द्रले ११औं चरणमा सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गरेसँगै दुई खेल अगावै उपाधि रक्षा गरेको थियो।

लिगका पुछारमा रहेका च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) यसपाली शीर्ष डिभिजन लिगबाट दोस्रो डिभिजनमा घटुवा हुने टोली बने ।

तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले १२ खेलबाट ३२ अंक जोडेको छ । लिगमा मछिन्द्र हालसम्म अपराजित छ । दोस्रो स्थानमा रहेको आर्मीलले २२, चौथो स्थानको एनआरटीले २०, पाँचौं स्थानको मनाङले २०, आठौं स्थानमा रहेको एपिएफले १५ र ११औं स्थानको पुलिसले १२ अंक जोडेका छन् ।

मंसिर तीन गतेदेखि सुरु भएको लिगका खेलहरु दशरथबाहेक एन्फा मुख्यालय र पोखरा रंगशाला गरी तीन मैदानमा भए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १० : १२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल