निजामती कर्मचारी संगठन खोटाङको नेतृत्वमा पहिलोपल्ट महिला  « Khabarhub

निजामती कर्मचारी संगठन खोटाङको नेतृत्वमा पहिलोपल्ट महिला 


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई चयन भएकी छन् । संगठनको शुक्रबार राती दिक्तेलमा सम्पन्न ११औं जिल्ला सम्मेलनबाट राई सर्वसम्मत अध्यक्ष चुनिएकी हुन् । उनी जिल्लामा संगठनको पहिलो महिला अध्यक्ष बनेकी छन् ।

२३ सदस्यीय संगठनको उपाध्यक्षमा रामप्रसाद आचार्य, महिला उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा ढुण्डीराज पाण्डे, सह–सचिवमा राजकुमार राई र कोषाध्यक्षमा पवन पोखरेल चयन भएका छन् ।

ओसन सुवेदी, दिक्षीका शाक्य, पीएसपी चाम्लीङ, नारायण आचार्य, जिवन आचार्य, शेरबहादुर दाहाल, नरबहादुर बस्नेत, सृजना लुईटेल, शुशिला बस्नेत (आचार्य), श्रृजना आचार्य, सन्जीब मुग्राती, प्रमेश झा, दिलबहादुर खत्री, दिनेश आचार्य, रितेश श्रेष्ठ, गिता रीजाल, नवराज राई लगायत सदस्य चयन भएका छन् ।

मणीराम ढकाल, तीर्थराज आचार्य, बिनोद राई, मन्दिरा घिमिरे, अगम विक र रामप्रसाद आचार्य केन्द्रीय प्रतिनिधि तथा विज्ञान राई, यादव धमला, नवराज पौडेल, कृष्ण आचार्य, उत्तरकुमार बजिमय र गणेश आचार्यलाई प्रदेश प्रतिनिधि चयन गरिएको संगठनले जनाएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघमा श्रेष्ठ 

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, खोटाङको अध्यक्षमा दिपेश श्रेष्ठ चयन भएका छन् । दिक्तेलको समिक्षालय हलमा शनिबार राती सम्पन्न दोस्रो अधिवेशनबाट श्रेष्ठ संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

२५ सदस्यीय संगठनको उपाध्यक्षमा कौसल अधिकारी, महिला उपाध्यक्षमा अनिता भट्टराई, सचिवमा रामप्रसाद आचार्य, सह–सचिवमा सचिन श्रेष्ठ र कोषाध्यक्षमा सुशीला आचार्य चयन भएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १२ : ३२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल