नागदहको सरसफाईमा जुटे स्थानीय व्यवसायी « Khabarhub

नागदहको सरसफाईमा जुटे स्थानीय व्यवसायी


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धापाखेल (ललितपुर)- स्थानीय व्यवसायीको पहलमा नागदहको सरसफाई सुरु भएको छ । जलकुम्भी झारले दह कुरुप बन्दै गएपछि स्थानीय व्यवसायी सफाई अभियानमा जुटेका हुन् ।

स्थानीय व्यवसायी उमेश केसी नागदह सफाई गरेर आन्तरिक पर्यटकको चलहपहल बढाउने बताउँछन् । उनले भने, ‘नागदहको सफाई लामो समयसम्म भएन । जलकुम्भीका कारण नागदहको सौन्दर्भमा असर पर्न थालेपछि हामी जुटेका हौं ।’

व्यवसायीले नागदहको जलकुम्भी चार दिनदेखि निकालिरहेका छन् । दुई जना मजदुरले डुंगाको सहायताले जलकुम्भी झार निकाल्न लगाइएको हो ।
उनका अनुसार नागदहको जलकुम्भी झार निकाल्न एक महिनाभन्दा बढी लाग्ने अवस्था छ ।

नागदह ढुंगा तथा स्थानीय पर्यटन व्यावसायी र नागदह सुधार समितिको संयोजनमा सरसफाई सुरु भएको हो । गरिएको हो । नागदहको सरसफाईका लागि बजेट नआएपछि आफूले जिम्मा लिएर सफाई गर्ने केसीले बताए ।

नजिकै सिजि हाउजिङले प्लटिङ गर्दा आएको माटोले नागदह पुरिने अवस्थामा पुगेको केसीले बताए । ललितपुर महानगर २४ वडाका वडाध्यक्ष दिनेश कार्कीले सहरी विकासको बजेटमा नागदह वरपर पर्खाल लगाउने काम भइरहेको पनि बताए । उनले भने, ‘नागदहको प्रर्वद्धनमा हामीले काम गरेका छौं ।’

केही समयअघि नागदहमा ढुंगा दुर्घटनापछि यस क्षेत्रमा पर्यटकीय गतिविधिमा कमी आएको छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १२ : ३४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल