जुम्लामा बगैँचामै पुगेर व्यवस्थापनसम्बन्धी तालिम « Khabarhub

जुम्लामा बगैँचामै पुगेर व्यवस्थापनसम्बन्धी तालिम


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका स्याउ किसान यति बेला बगैँचा व्यवस्थापानमा व्यस्त छन् । यही अवसरलाई सदुपयोग गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय स्याउ सुपरजोन कार्यालय जुम्लाले स्याउ किसानको लागि बगैँचामा तालिम दिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय स्याउ सुपरजोन जुम्लाले यसपटक किसानको बगैँचामै गएर तालिम दिएको हो ।

कार्यालयले चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासीका १० स्थानका किसानलाई तालिम दिएको सुपरजोन कार्यालय जुम्लाका कार्यालय प्रमुख गंगा पोख्रेलले बताइन् । तालिममा रोगकिरा व्यवस्थापना, बगैँचा व्यवस्थापन तथा काँटछाँट व्यवहारिक तालिम दिएको छ । उनले भनिन, ‘एक ठाउँमा २५ जनाका दरले तीन सय ७५ जनालाई बगैँचा व्यवस्थापनसम्बन्धी सिप सिकाएका छौं ।’

प्रशिक्षक रामबहादुर खत्रीका अनुसार स्याउ लगाएपछि किसानले बिरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिएपछि गुणस्तरीय स्याउ फल्दैन थिए । किसानले ध्यान दिएर व्यवस्थापन गरे राम्रो फल लाग्ने र बजार मूल्य पनि बढी हुने बताए ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ९ : ०० बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक