तेश्रो दिन पनि रुस र युक्रेनबीच युद्ध जारी « Khabarhub

तेश्रो दिन पनि रुस र युक्रेनबीच युद्ध जारी


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुस र युक्रेनबीच युद्ध सुरु भएको तेस्रो दिन आज राजधानी किभमा लडाईँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिहीबारदेखि सुरु भएको युद्धमा हालसम्म १९८ युक्रेनीको मृत्यु भएको छ । जसमा ३ बालबालिकासमेत छन् ।

युद्धका क्रममा १ हजार ११५ जना घाइते भएका छन् । जसमा ३३ बालबालिका रहेको युक्रेनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युद्ध चर्किएपछि युक्रेनका राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले आफ्ना नागरिकलाई सहयोगका लागि आह्वान गरेका छन् ।

जेलेन्स्कीले आत्मसमर्पण नगर्ने र आफ्नो देशको रक्षाका लागि लडाईँ जारी राख्ने स्पष्ट पारेका छन् ।

रुसी सेनाले भने युक्रेनी सहर मेलिटोपोललाई नियन्त्रणमा लिएको र युक्रेनका सैन्य पूर्वाधारलाई हावा र समुद्रमा आधारित क्रुज मिसाइलले निशाना बनाएको बताएको छ ।

यता, अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभलाई प्रतिबन्ध लगाउने बताएको छ । संयुक्त राष्ट्रसंघका अनुसार युद्ध सुरु भएदेखि ५० हजारभन्दा बढी युक्रेनी नागरिक अन्य देशमा पलायन भएको जनाएको छ ।

युरोपले दशकयताकै सबैभन्दा ठूलो सुरक्षा संकटको सामना गरिरहेको राष्ट्र संघले टिप्पणी गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ४ : १२ बजे

तनावबीच उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार

एजेन्सी– दक्षिण कोरियासँग सम्बन्ध सुधारको सम्भावनालाई नै अस्वीकार गर्दै उत्तर

नयाँ वर्षमा टाटा गाडी एक्सचेन्ज गर्ने अवसर

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, प्रदेश सरकार चिन्तित

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता

‘सडक दुर्घटनामा बर्षेनि हजारौँको ज्यान जान्छ, तत्काल सुरक्षाको काम गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँ सडक सुरक्षाका लागि