तेश्रो दिन पनि रुस र युक्रेनबीच युद्ध जारी « Khabarhub

तेश्रो दिन पनि रुस र युक्रेनबीच युद्ध जारी


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुस र युक्रेनबीच युद्ध सुरु भएको तेस्रो दिन आज राजधानी किभमा लडाईँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिहीबारदेखि सुरु भएको युद्धमा हालसम्म १९८ युक्रेनीको मृत्यु भएको छ । जसमा ३ बालबालिकासमेत छन् ।

युद्धका क्रममा १ हजार ११५ जना घाइते भएका छन् । जसमा ३३ बालबालिका रहेको युक्रेनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युद्ध चर्किएपछि युक्रेनका राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले आफ्ना नागरिकलाई सहयोगका लागि आह्वान गरेका छन् ।

जेलेन्स्कीले आत्मसमर्पण नगर्ने र आफ्नो देशको रक्षाका लागि लडाईँ जारी राख्ने स्पष्ट पारेका छन् ।

रुसी सेनाले भने युक्रेनी सहर मेलिटोपोललाई नियन्त्रणमा लिएको र युक्रेनका सैन्य पूर्वाधारलाई हावा र समुद्रमा आधारित क्रुज मिसाइलले निशाना बनाएको बताएको छ ।

यता, अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभलाई प्रतिबन्ध लगाउने बताएको छ । संयुक्त राष्ट्रसंघका अनुसार युद्ध सुरु भएदेखि ५० हजारभन्दा बढी युक्रेनी नागरिक अन्य देशमा पलायन भएको जनाएको छ ।

युरोपले दशकयताकै सबैभन्दा ठूलो सुरक्षा संकटको सामना गरिरहेको राष्ट्र संघले टिप्पणी गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ४ : १२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका