कैलाली काँग्रेसको नेतृत्वका लागि तीन जनाबाट प्यानलसहित मनोनयन | Khabarhub Khabarhub

कैलाली काँग्रेसको नेतृत्वका लागि तीन जनाबाट प्यानलसहित मनोनयन


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेपाली काँग्रेस कैलालीको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि तीन जनाले प्यानलसहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट दुई समूह र शेखर कोइराला पक्षबाट एक गरी तीन समूहले प्यानलसहित उम्मेदवारी दर्ता गएका छन् ।

संस्थापन पक्षबाटै सभापतिमा दाबी गरेका भीम बडुवालले भने उपसभापतिमा उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट निवर्तमान कार्यवाहक सभापति प्रकाश बम, नारायणदत्त भट्टले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । कोइराला पक्षबाट रामबहादुर कलले टीमसहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

संस्थापन पक्षबाटै सभापतिमा दाबी गर्दै आएका भीम बडुवालले नारायण भट्टको प्यानलबाट उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । सोही समूहबाट उपसभापतिमा रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बीसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

नारायणदत्त भट्टलाई कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वड, सुशीला मिश्र भट्ट, राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्र, केन्द्रीय सदस्य जीवन राना, ईश्वरी न्यौपाने, प्रदेशसभा सदस्य रणबहादुर रावलको साथ छ।

त्यसैगरी अर्का सभापतिका आकांक्षी प्रकाश बमलाई निवर्तमान सभापति नरनारायण शाह मनुले साथ दिएका छन् । बमले पनि देउवाको आश्वासनकै कारण उम्मेदवारी दिएको बताएका छन् । उनको प्यालनबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार, सहसचिवमा राजेन्द्र खड्का र कृष्ण पाण्डेयले उम्मेदवारी दिएका छन् ।

काँग्रेस कैलालीको नेतृत्वका लागि शेखर कोइराला समूहले पनि टिमसहित मनोनयन गरेको छ । सो प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला, लोकराज पाण्डेय (आगो), सचिवमा देवानन्द जैसी (सुवेदी), नवराज जोशी, सहसचिवमा रवीन्द्र प्रताप सिंह, तीर्थराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

कोइराला पक्ष पहिलो चरणमा चुनाव लड्ने र पहिलो चरणमा कसैको जीत नभए दोस्रो चरणमा अर्को समूहलाई समर्थन गर्ने रणनीतिमा देखिन्छ । दोस्रो चरणमा निर्वाचन हुने देखिएमा प्रकाश बमलाई समर्थन गर्ने नीति लगेको छ । तर, अहिलेसम्म खुलेर प्रकाश बमलाई समर्थन गर्ने जनाएको छैन ।

‘हाम्रा मागलाई सम्बोधन गर्दै हातेमालो गर्ने प्रस्ताव आएको खण्डमा हामी राम्रो र पार्टीलाई बुझको प्यानलसँग सहकार्य गर्न तयार छौं,’ कोइराला समूहका प्रचार–प्रसार संयोजक गणेश भण्डारीले भने, ‘त्यस विषयमा छलफल भइरहेको छ ।’ तर, पहिलो चरणमा आफ्नो प्यानलको बढी मत आएको खण्डमा भने चुनाव नै लड्नुपर्ने भन्दै उनले सो अवस्थामा अरुलाई सहयोगका लागि सहकार्य गरिने बताए ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ८ : ५० बजे

सिरहामा सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

सिरहा– खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाख

मानपुर–डेढगाउँ सडक कालोपत्र सम्पन्न

तनहुँ– बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर

अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायलले सुरु गर्‍याे गाजा नियन्त्रण अभियान

काठमाडौं– इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत कारबाही प्रक्रिया

अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्परा अन्त्य गर्नुपर्छ : कल्याण गुरूङ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले तीनवटै तहमा

प्रि–ओपन सेसन अपडेट : झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३१ अंकले बढेको