रुसी सैनिक आक्रमणविरुद्ध ८० वर्षे वृद्ध सैनिकमा भर्ना हुन लाइनमा, युक्रेनी नागरिक हतियार बोकेर सडकमा « Khabarhub

रुसी सैनिक आक्रमणविरुद्ध ८० वर्षे वृद्ध सैनिकमा भर्ना हुन लाइनमा, युक्रेनी नागरिक हतियार बोकेर सडकमा


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी सैनिक राजधानी किभ प्रवेश गरेसंगै युक्रेनका नागरिकहरु रुसी सेनाबिरुद्ध लड्न हतियारसहित सडकमा तैनाथ भएका छन्। रुससँग आत्मसमर्पण नगर्ने भन्दै एक युक्रेनी वृद्ध सैनिकमा भर्ना हुन लाइनमा उभिएका तस्वीर संसारभर भाइरल बनेको छ।

सार्वजनिक तस्बिरमा आफ्नो देश जोगाउँन लड्न आएका वृद्धले एक झोला बोकेर आएका थिए, झोलामा २ वटा टी शर्ट, एउटा प्यान्ट, टूथब्रश र खाजाको लागि केही स्यान्डविच बोकेका छन्। उनले आफ्ना नातिनातिनाहरूको लागि युद्ध लड्नुपर्ने भनी दिएको सन्देशको सामाजिक सञ्जालमा निकै प्रशंसा गर्दै उनको देशभक्ति र बहादुरीको कदर गरिएको छ।

रुसी आक्रमण रोक्न सरकारले सबै सर्बसाधरणलाई हतियार बाँडेपछि स्वयंसेवकका रुपमा अब नागरिक बन्दुक बोकर रुसी सैनिकबिरुद्ध सडकमा आएका हुन। रुसले युक्रेनमा आक्रमण गरेको तेस्रो दिन राजधानी किभमा भिडन्त जारी रहँदा किभका सडकमा राष्ट्रपति, पूर्व राष्ट्रपति देखि आधुनिक हतियार बोकेका स्वयंसेवकहरु सडकमा ओर्लेका छन्।

फ्रान्सेली समाचार संस्था एफपीका अनुसार युक्रेनको रक्षा गर्ने वाचा सहित हजारौं मानिसहरु हतियारसहित किभको सडकमा आएका हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : ५७ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर