कविता सङ्ग्रह ‘समयको कठघरा’ लोकार्पण | Khabarhub Khabarhub

कविता सङ्ग्रह ‘समयको कठघरा’ लोकार्पण


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- कविता सङ्ग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ । कवि जुनु खड्काद्वारा लिखित कविता सङ्ग्रहको शनिबार लोकार्पण गरिएको हो ।

शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन् । उनले देश र समाज बनाउनलाई सांस्कृतिक विम्बको आवश्यकता पर्ने बताए । ‘समाज बदल्नलाई कवि लेखकहरूको ठूलो भूमिका रहन्छ’, उनले भने ।

कविहरूले राज्यको प्रतिपक्षिय चेतनालाई विस्तार गर्नुपर्नेमा उनको जोड छ । कवि खड्का अगाडी थप्दै भन्छन्, ‘कविहरूले सत्ताको गीत गाउन जुन दिनदेखि सुरु गर्छन् त्यो दिन देश ध्वस्त हुन्छ । त्यो ग्यारेन्टी हो । कविहरूले गर्ने भनेको प्रश्न हो । समाज सुधारको लागि प्रतिरोध गर्न आवश्यक छ ।’ राज्यले साहित्यलाई अनुत्पादक क्षेत्र भन्दै लगानी गर्न नचाहेको उनको आरोप छ ।

लोकार्पण गरिएको कविता सङ्ग्रहमा ५० वटा कविता समावेश गरिएको छ । जीवनचक्रमा देखेका सुनेका र भोगेका विषयवस्तुलाई सिर्जना गरेर कविता सङ्ग्रह तयार पारेको स्रष्टा खड्काले बताइन् । कोरोना महामारीले आक्रान्त बनाएर लामो समय विद्यालय बन्द भएर घरमा थुनिएको बेला सिर्जित कविताहरू सङ्ग्रह तयार पारेको उनले बताइन् । विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा फुटकर कविता लेख्ने खड्काको यो पहिलो कविता सङ्ग्रह हो । उनी पेसाले शिक्षक हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ९ : १९ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये