कविता सङ्ग्रह ‘समयको कठघरा’ लोकार्पण « Khabarhub

कविता सङ्ग्रह ‘समयको कठघरा’ लोकार्पण


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- कविता सङ्ग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ । कवि जुनु खड्काद्वारा लिखित कविता सङ्ग्रहको शनिबार लोकार्पण गरिएको हो ।

शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन् । उनले देश र समाज बनाउनलाई सांस्कृतिक विम्बको आवश्यकता पर्ने बताए । ‘समाज बदल्नलाई कवि लेखकहरूको ठूलो भूमिका रहन्छ’, उनले भने ।

कविहरूले राज्यको प्रतिपक्षिय चेतनालाई विस्तार गर्नुपर्नेमा उनको जोड छ । कवि खड्का अगाडी थप्दै भन्छन्, ‘कविहरूले सत्ताको गीत गाउन जुन दिनदेखि सुरु गर्छन् त्यो दिन देश ध्वस्त हुन्छ । त्यो ग्यारेन्टी हो । कविहरूले गर्ने भनेको प्रश्न हो । समाज सुधारको लागि प्रतिरोध गर्न आवश्यक छ ।’ राज्यले साहित्यलाई अनुत्पादक क्षेत्र भन्दै लगानी गर्न नचाहेको उनको आरोप छ ।

लोकार्पण गरिएको कविता सङ्ग्रहमा ५० वटा कविता समावेश गरिएको छ । जीवनचक्रमा देखेका सुनेका र भोगेका विषयवस्तुलाई सिर्जना गरेर कविता सङ्ग्रह तयार पारेको स्रष्टा खड्काले बताइन् । कोरोना महामारीले आक्रान्त बनाएर लामो समय विद्यालय बन्द भएर घरमा थुनिएको बेला सिर्जित कविताहरू सङ्ग्रह तयार पारेको उनले बताइन् । विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा फुटकर कविता लेख्ने खड्काको यो पहिलो कविता सङ्ग्रह हो । उनी पेसाले शिक्षक हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ९ : १९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५