डी–सिने अवार्ड चैत्र २६ मा, घोषणा भयो सम्मान तथा पुरस्कार « Khabarhub

डी–सिने अवार्ड चैत्र २६ मा, घोषणा भयो सम्मान तथा पुरस्कार


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तिम समयमा आएर चैत्र १२ मा हुने भनिएको डी–सिने अवार्ड सरेको छ ।

छायाँछवि क्रिएशनको आयोजनामा हुने डी–सिने अवार्ड अब चैत्र २६ मा हुने भएको छ । आयोजक संस्था छायाँछवि क्रिएसनका अध्यक्ष शान्तिप्रियले अवार्ड प्राविधिक कारणले सार्न लगिएको जनाए ।

आयोजक संस्थाले विज्ञप्ति जारी गर्दै अवार्ड सरेको जानकारीसँगै हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ ।

डी–सिने अवार्डको अवसरमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष÷महिला) एवं छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार घोषणा गरिएको हो ।

यस वर्ष छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गरिने छ ।

त्यस्तै, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फका) अभिनेता विजय लामा, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फको) झरना थापालाई प्रदान गरिने भएको छ । यस वर्षको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णु सुवेदीलाई प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : ०२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र