आँधीखोला गाउँपालिकाको लोगो सार्वजनिक « Khabarhub

आँधीखोला गाउँपालिकाको लोगो सार्वजनिक


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ – स्याङ्जाको आँधीखोला गाउँपालिकाले शुक्रबार आफ्नो पहिचानसहितको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरेको छ ।

पालिकाभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक महत्वका क्षेत्रलाई समेटेर निर्माण गरिएको लोगोको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौड्यालले सार्वजनिक गरेका हुन्।

‘गाउँपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व झल्कने क्षेत्र तथा सम्पदाहरुलाई लोगोभित्र अङ्कित गरेका छौँ’, उनले भने, ‘यस लोगोले गाउँपालिकाको छुट्टै पहिचान दिनेछ ।’ गाउँपालिकाले निर्माण गरेको लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम र सो नामको बीचमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । तल्लो भागमा रिबन राखिएको छ र त्यसमा गाउँपालिकाको ठेगाना उल्लेख छ । रिबनसँग जोडेर दुवैतर्फ धानको बाला राखिएको छ ।

उदाउँदै गरेको सूर्यसहित हरियाली डाँडाकाँडा तथा बोट वृक्षले गाउँपालिकाको प्राकृतिक सौन्दर्यलाई चित्रण गर्न खोजिएको छ । दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास (होमस्टे) सिरुबारी र श्रवकुमार तथा अन्धाअन्धी दहलाई पनि लोगोमा समेटिएको अध्यक्ष पौड्यालले बताए।

श्रवणकुमारका अन्धाअन्धी बुबाआमाको आँसुबाट बनेको अन्धाअन्धी दह र सोही दहबाट उत्पत्ति भएको आँधीखोलालाई पनि समेटिएको छ । कृषि क्षेत्रसँगै लैङ्गिक समानता, एकता, समन्वय र सहकार्यलाई झल्काउन खोजिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सबै क्षेत्रलाई साङ्केतिकरुपमा समेटेर गाउँपालिकाको पहिचान झल्कने गरी लोगो निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौड्यालले बताए।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ९ : ०० बजे

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी

राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो

ताइवानतिर चीनले हान्यो रकेट

काठमाडौं- चीनले ताइवानतर्फ रकेट प्रक्षेपण गरेको छ । सैन्य अभ्यासका

चितवनमा थपिए ३४ मतदान केन्द्र

चितवन– प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र