तेह्रथुममा कांग्रेसको चुनावी प्रचार प्रसार सुरु « Khabarhub

तेह्रथुममा कांग्रेसको चुनावी प्रचार प्रसार सुरु


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा नेपाली कांग्रेसले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।

६ वटा स्थानीय तह रहेको जिल्लामा एउटै पालिकामा मात्रै गत निर्वाचनमा जित पाएको कांग्रेसले आसन्न निर्वाचनमा सबै पालिका जित्ने तयारीकासाथ कार्यकर्ता भेटघाट सुरु गरेको हो ।

गत निर्वाचनमा  कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) साथै संघीय सांसदसमेत गुमाएको थियो । यही ३० वैशाखमा हुन गइरहेको निर्वाचनमा सबै पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघमा जित सुनिश्चित गर्न कंग्रेसले पार्टीका शुभेच्छुक र कार्यकर्ताहरुसँग भेटघाट र अन्तरक्रिया बढाउन थालेको हो ।

अभियानमा केन्द्रीय  सदस्य सिता सुरुङसहित महासमिति सदस्यहरु,महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सभापति पूर्व जिल्ला सभापतिलगायत जिल्ला, क्षेत्र,पालिका र वडास्तरका नेता तथा कार्यकर्ताहरु अभियानमा जुटेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ९ : ४० बजे

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार