चिनियाँ विदेशमन्त्री वाङले गरे शिवपुरीमा हाइकिङ « Khabarhub

चिनियाँ विदेशमन्त्री वाङले गरे शिवपुरीमा हाइकिङ


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौँको शिवपुरी डाँडामा हाइकिङ गरेका छन् ।

शुक्रबार अपराह्न काठमाडौं आइपुगेका वाङ शनिबार बिहानै हाइकिङका लागि काठमाडौँको उत्तरपश्चिम कुनामा रहेको शिवपुरी डाँडातर्फ लागेका थिए।

बत्तिसपुतलीस्थित होटल द्वारिकाजबाट बिहान साढे ७ बजे निस्किएका वाङ गौशाला, ज्ञानेश्वर, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु नागार्जुन हुँदै गाडीमा तीनपिप्ले मुनि पुगेर डाँडातिर पैदल उक्लिएका थिए ।

नेपालको तीन दिने भ्रमणमा आएका उनले त्यहाँबाट होटल फर्केर समकक्षी नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने तालिका छ । अघिल्लो पटक नेपाल आउँदा उनी नगरकोट हाइकिङ गरेका थिए।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : ०० बजे

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार