जनकपुरधामको विकासका लागि योजना बनाउँदै  « Khabarhub

जनकपुरधामको विकासका लागि योजना बनाउँदै 


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले जनकपुरधामको विकासका लागि गर्न सकिने योजनाबारे सरोकारवालासँग छलफल अघि बढाएको छ ।

करिब चार वर्षअघि जनकपुरधाम भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको रु एक अर्बको आर्थिक सहयोगबाट जनकपुरधामको समग्र विकासका लागि गर्न सकिने योजनाबारे दूतावासले सरोकारवालासँग छलफल सुरु गरेको हो ।

जनकपुरधाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वाणिज्य दूत नितेशकुमारले भारत सरकारले जनकपुरधामको विकासका लागि आर्थिक सहयोगको प्याकेज ल्याएको जानकारी दिए ।

‘प्रधानमन्त्री मोदीले घोषणा गर्नुभएको आर्थिक सहयोगको घोषणा अनुसारको रकम आउँछ, ढुक्क हुनुस्’, उनले भने, ‘त्यो आर्थिक सहयोग कुन कुन योजना बनाएर, कसरी काम गर्ने भन्ने विषयमा मधेश प्रदेशका मुख्यमन्त्री, जनकपुरधाम नगरपालिकाका प्रमुख,  प्रदेशका नीति योजना आयोगका पदाधिकारीलगायत सरोकारवालासँग छलफल गरिरहेका छौँ । उहाँहरुको सरसल्लाह र योजनाअनुसार नै हामी सहयोग गछौँ  ।’

भारतीय सरकारको सहयोगमा सञ्चालित योजनाको अनुगमन गरी त्यसलाई समयमै सम्पन्न गर्न  पहल गरिने वाणिज्य दूत नितेशकुमारको भनाइ थियो ।

मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा बागमती प्रदेशको चितवन र मकवानपुर गरी आठ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर विगत एक वर्षभित्र चितवनको गुञ्जमान सिंह अस्पताल, राष्ट्रिय प्राथमिक विद्यालय, मकवानपुरको बागमती निम्न मावि, सर्लाहीको बालगोविन्द जनता मावि र जनता मावि सर्लाहीको भवन निर्माण गरिएको उनले जानकारी दिए।

केही समयपछि नेपाली युवा पत्रकारलाई परिचयात्मक भ्रमणका लागि भारत पठाउने योजना बनाइएको जानकारी दिँदै वाणिज्य दूत नितेशकुमारले नेपालबाट सांस्कृतिक टोली भारत पठाउनेसमेत योजना बनाएको सुनाए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : २२ बजे

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार