गठबन्धनबारे संवाद गर्न एकीकृत समाजवादीले कार्यदल बनाउने   « Khabarhub

गठबन्धनबारे संवाद गर्न एकीकृत समाजवादीले कार्यदल बनाउने  


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले महासचिव डा. बेदुराम भुसाल नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने भएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलसँग गठबन्धन गर्न संवाद गर्ने कार्यादेश कार्यदललाई दिइने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

कार्यदल गठन केही दिनमै हुने पनि उनले बताए । ‘प्रतिगमनविरोधी शक्तिलाई परास्त गर्न भए पनि गठबन्धन बनाएर निर्वाचनमा जानुपर्ने हाम्रो बुझाइ हो र सत्तारुढ गठबन्धनका घटकहरू पनि गठबन्धनको पक्षमा छन्’, खतिवडाले भने, ‘महासचिवको नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने तयारीमा छौँ । नेताहरू उपत्यकाबाहिर भएकाले ढिलाइ भएको हो ।’

माधवकुमार नेपाल नेतृत्वको उक्त दल पहिलो पटक निर्वाचनमा जाँदै छ । निर्वाचनबाट राष्ट्रिय दल बन्न चुनौती छ । महाकाली सन्धिप्रति विरोध जनाउँदै २०५४ मा एमालेबाट अलग भएर नेता बामदेव गौतम नेतृत्वमा नेकपा (माले) गठन हुँदा उक्त दलले २०५६ मा भएको निर्वाचनमा एक सिट पनि जितेन ।

त्यही भएर नेपाल नेतृत्वको दलले निर्वाचनमा गठबन्धनलाई पहिलो प्राथमिकता दिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : ४९ बजे

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार