प्रधानमन्त्री देउवाले बिमस्टेक सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने  « Khabarhub

प्रधानमन्त्री देउवाले बिमस्टेक सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने 


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौँ शिखर सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने भएका छन् ।

श्रीलंकामा आयोजना हुने सम्मेलनलाई उनले काठमाडौँबाट भर्चुअलरुपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा केही दिन अघिसम्म श्रीलंका जाने तयारीमा थिए । उनको भारत भ्रमण तय भएपछि श्रीलंकामा हुने बिमस्टेक सम्मेलनलाई भर्चुअल रुपमा सम्बोधन गर्ने भएका हुन् ।

सम्मेलनमा प्रत्यक्ष तथा भर्चुअल सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा नारायण खड्का, मुख्यसचिव शंकर दास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : ४६ बजे

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट १५

शपथको अन्योलबीच पोखरामा पुस्तक बेच्दै महावीर : भन्छन्- “मेयर साहब, गाह्रो नमानी दिनुहोला”

पोखरा– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट भारी

काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने

काठमाडौँ– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व?

काठमाडौँ – आज चैत ५ गते, शरीरमा तेल लगाउने र