महिला यात्रुले बीच आकासमै बबाल गरेपछि प्लेन डाइभर्ट « Khabarhub

महिला यात्रुले बीच आकासमै बबाल गरेपछि प्लेन डाइभर्ट


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतको म्यानचेस्टर शहरबाट टर्कीका लागि उडेको एउटा विमानमा एकजना महिला यात्रुले होहल्ला गरेपछि बीच आकाशबाटै डाइर्भट गरेर अस्ट्रियाको राजधानी भियना पुर्‍याइएको छ । ती महिला यात्रुले चालक दलका सदस्यसँग झगडा गरेको र अन्य यात्रुलाई पनि हातपात गरेको बेलायती पत्रिकाले जनाएको छ ।

म्यानचेस्टर इभिनिङ न्युजका अनुसार ती महिलाले बेलायती विमान जेट २ मा बच्चाहरु रोएको गुनासो गरेकी थिइन् । तर, उनी चाँडै कर्मचारीप्रति आक्रामक भइन् । उनलाई शान्त पार्ने सबै प्रयासहरू बिफल भएपछि चालक दलले उनलाई झार्न भियनातर्फ उडान डाइभर्ट गर्नुपरेको थियो ।

एक प्रत्यक्षदर्शीले म्यानचेस्टर इभिनिङ न्युजलाई बताएअनुसार ती महिला उडानमा लगभग एक घण्टा २० मिनेट बाधक बनेकी थिइन । ‘त्यहाँ धेरै कोलाहल थियो,’ यात्रुले भने, ‘त्यसपछि उनी विमानको अगाडि पुगिन । उनी वास्तवमै कर्मचारीप्रति क्रुद्ध थिइन । कसैले उनको रिस शान्त पार्न सकेनन् ।’

महिलाको व्यवाहारलाई लिएर एयरलाइनले क्षमायाचना मागेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १ : ०४ बजे

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस