युक्रेनमा पहिलो चरणको कारवाही सकिएको रुसी घोषणा « Khabarhub

युक्रेनमा पहिलो चरणको कारवाही सकिएको रुसी घोषणा


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमा आफ्नो पहिलो चरणको ‘सैनिक कारवाही’ समाप्त भएको दाबी गरेको छ । रुसी सैनिक निकायका उप प्रमुख सर्गेई रुद्सकोईले प्रारम्भिक चरणको सैनिक कारवाही समाप्त भएको बताएका हुन् ।

‘कारवाहीको पहिलो चरणको प्रमुख कार्यहरू पूरा गरिएको छ ।’ उनले भने, ‘युक्रेनी सैन्य बलको लड्ने क्षमतामा निकै कमी आएको छ, यसले हामीलाई डोनबास मुक्त गर्ने हाम्रो मुख्य लक्ष्यमा केन्द्रित हुन बाटो खुलेको छ ।’

यससँगै अब रुसको आक्रमण रुस समर्थित ‘राज्य’ हरु लुहान्स्क जनगणतन्त्र र डोनेत्स्क जनगणतन्त्र समावेश रुसी भाषीको बाक्लो बसोबास रहेको डोनबास क्षेत्रमा केन्द्रित हुनसक्ने आँकलन गरिएको छ ।

पछिल्लो समय तीव्र युक्रेनी प्रतिरोधमाझ रुसी फौजले किभ, मारिउपोल, खारकिभजस्ता शहरमा नियन्त्रण जमाउन गरेको निरन्तरको प्रयास असफल भएको टिप्पणी भइरहेका बेला रुसी सेनाको यस्तो भनाइ आएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यस्तो अवस्थामा पछिल्लो घोषणासँगै युक्रेनमा जारी आक्रमणमा रुसी रणनीतिमा परिवर्तन आएको हुनसक्ने बताएका छन् ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजलाई ‘शक्तिशाली प्रहार’ गरेको टिप्पणी गरेका थिए ।

 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ३ : ५६ बजे

फेवाताल छेउछाउका संरचना भत्काइएपछि स्थानीयको विरोध (तस्बिरहरू)

पोखरा– पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका संरचनामा डोजर चलाएपछि स्थानीयवासीले

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडौँ– प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन