रुसी हमलामा १३६ बालबालिका मारिएको युक्रेनी दाबी « Khabarhub

रुसी हमलामा १३६ बालबालिका मारिएको युक्रेनी दाबी


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । सामाजिक सञ्जाल टेलिग्राममार्फत् युक्रेनको महान्यायधिवक्ताको कार्यलयले सो जानकारी दिएको हो ।

मारिनेमध्ये ६४ बालबालिका राजधानी किभ क्षेत्रका रहेको बताइएको छ । अरु ५० जना बालबालिका डोनेत्स्क क्षेत्रमा मारिएका हुन् । यसबाहेक अरु १९९ जना बालबालिका घाइते भएका छन् ।

एक महिनाभन्दा लामो समयदेखि युक्रेनविरुद्ध आक्रमण गर्दै आएको रुसी फौजमाथि आवासीय क्षेत्र एवम् गैरसैनिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको आरोप लागिरहेका बेला युक्रेनी पक्षबाट बालबालिकाको हताहतीको विवरण सार्वजनिक भएको हो ।

सैनिक आक्रमणका क्रममा रुसी फौजले मार्च ९ का दिन दक्षिणी युक्रेनको मारिउपोल शहरमा रहेको बाल अस्पताललाई लक्षित गरी हवाई हमला गरेको थियो । उक्त आक्रमणपछि रुसले युक्रेनमा युद्ध अपराध गरेको भन्दै चर्को निन्दा भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ४ : १२ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि