साउदी तेल भण्डारण केन्द्रमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण | Khabarhub Khabarhub

साउदी तेल भण्डारण केन्द्रमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यमनमा सक्रिय इरान समर्थित हुथी विद्रोहीले साउदी अरबको तेल भण्डारण क्षेत्रमा अक्रमण गरेका छन् । साउदी अरबको जिद्दा शहरमा रहेको तेल भण्डारणलाई लक्षित गरी हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेको साउदी अधिकारीले जनाएका छन् ।

उक्त शहरमा मोटर रेसिङ फर्मूला १ प्रतियोगिता सञ्चालन हुनै लागेका बेला क्षेप्यास्त्र आक्रमण भएको समाचार संस्था एपीले जनाएको छ । हुथी विद्रोहीको हमलाका बावजुद उक्त प्रतियोगिता पूर्वनिर्धारित स्थान र समयमा नै सञ्चालन हुने साउदी अधिकारीले जानकारी दिएका छन् ।

यस क्षेत्रलाई लक्षित गरी हुथी विद्रोहीले पछिल्ला केही दिनयता आक्रमण गर्दै आएको बताइएको छ । विद्रोहीले साउदी अरबको तेल कम्पनी आराम्कोको स्वामित्वमा रहेको नर्थ जिद्दा बल्क प्लान्ट गराएको आक्रमणमा कुनै मानवीय क्षति भने नभएको साउदी अधिकारीलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

साउदी नेतृत्वको अरब गठबन्धनका प्रवक्ता ब्रिगेडियर जनरल तुर्की अल मलिकीले दिएको जानकारीअनुसार आक्रमणमा दुई वटा ट्यांकर नष्ट भएका थिए । अग्नि नियन्त्रणले आक्रमण लगत्तै आगो नियन्त्रणमा लिएर कुनै ठूलो भौतिक क्षति हुनबाट जोगाएको बताइएको छ ।

साउदी अरबले यमनमा जारी युद्धका क्रममा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको समर्थनमा हुथी विद्रोहीविरुद्ध सैनिक कारवाही गर्दै आएको छ । जवाफमा हुथी विद्रोहीले पनि साउदी अरबका सैनिक एवम् सार्वजनिक पूर्वाधारलाई लक्षित गरी हमलाहरू गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ५ : १५ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको